जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन २ वटा वडामा अनौपचारिक शिक्षा सञ्चालन गरेको छ ।
१० देखि १९ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन सिक्दै खेल्दै कार्यक्रम अन्तर्गत वडा नम्बर ७ र १३ मा अनौपचारिक शिक्षा सञ्चालन गरेको हो । उमेर पुगे पनि विद्यालय जानबाट वन्चित रहेका बालबालिकालाई अनौपचारिक शिक्षामा भर्ना गराई समान्य लेखपढ गर्ने योग्य बनाएर पुनः विद्यालयमा भर्ना गराउने उदेश्यका साथ अनौपचारिक शिक्षा सञ्चालनमा ल्याएको हो ।
अहिले दुवै अनौपचारिक शिक्षा केन्द्रमा ८७ जना बालबालिका अध्ययनरत रहेको उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले जानकारी दिए । सिक्दै खेल्दै कार्यक्रम अन्तर्गत यो कक्षा सञ्चालन भएपछि डोम, मुसहर, मेस्तर लगायत दलित र पिछडिएका बालबालिकाहरु लाभान्वित भएका छन् ।