उद्यमशीलताका लागि सहजीकरण गर्दै त्रिवि

माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
उद्यमशीलताका लागि सहजीकरण गर्दै त्रिवि

काठमाडौं । बेरोजगार उत्पादन गर्ने थालेको आरोप खेप्दै आएको त्रिभुवन विश्वविद्यलयले नयाँ सोचको उद्यमशीलताका लागि सहजीकरण गर्न पहल थालेको छ ।

अर्थशास्त्र केन्द्रीय विभागले स्वायत्त निकायको रुपमा इन्क्युवेसन सेन्टर सुरु गरेको हो । सेन्टरले नयाँ व्यवसायका लागि नयाँ सोच र उपायका लागि सहजीकरण गर्नेछ । पुँजी र बजार व्यवस्थापनमा समेत सेन्टरले सघाउने त्रिवि बिजनेस इन्क्युवेसन केन्द्रका निर्देशक शिवराज अधिकारीले बताए ।

भोलिदेखि सुरु हुने ६ दिनको प्रत्येक कक्षामा २६ विद्यार्थी सहभागी गराइनेछ । पहिलो चरणमा केन्द्रीय विभागमा मात्रै रहे पनि देशभरका अन्य क्याम्पसमा समेत इन्क्युवेसन विस्तार गरी तालिम दिने तयारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.