गोदावरी नगरपालिकाले थाल्यो इन्जिनियरिङ कलेज स्थापनाको प्रक्रिया

मंसिर २०, २०८० |कान्तिपुर टीभी संवाददाता
गोदावरी नगरपालिकाले थाल्यो इन्जिनियरिङ कलेज स्थापनाको प्रक्रिया

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले इन्जिनियरिङ कलेज स्थापनाको प्रक्रिया अगाडि बढाएको छ ।

नगरपालिकाले वडा नम्बर २ को पातलेछापमा १० रोपनीमा भवन निर्माण गरिसकेको छ । पोखरा विश्वविद्यालयको सम्बन्धनमा सस्तो र सर्वसुलभ रुपमा सिभिल, कम्प्युटर तथा आर्किटेक्चर इन्जिनियरिङ विषय अध्ययन/अध्यापन गराउने नगरपालिकाको योजना छ । साढे ५ करोडमा भवन बनिसकेको र सम्बन्धन आउनासाथ पठनपाठन सुरु गरिने नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए ।

ललितपुरको ग्रामीण भेकमा इन्जिनियरिङ कलेज स्थापना भई पठनपाठन सुरु हुने भएपछि आफूहरु खुसी भएको स्थानीय राम श्रेष्ठ बताउँछन् ।

कलेज सञ्चालनका लागि आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको नगरपालिकाको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.