सप्तरी । सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थी भए पनि जनशक्ति अभावले पठनपाठन नै प्रभावित भएको छ ।
२०१४ सालमा स्थापना भएको क्याम्पसमा २०३१ सालदेखि कानुन संकायको नियमित अध्ययन सुरु भएको थियो । अहिले उक्त क्याम्पसमा कानुन संकायतर्फ एलएलबी अध्ययन गर्ने ९ सय विद्यार्थीका लागि एक जना मात्र उपप्राध्यापक छन् ।
तीन वर्षे एलएलबीका विद्यार्थीमध्य कसलाई पढाउने, कसलाई नपढाउने भन्ने अवस्था भएपछि भएकै एकजना उपप्राध्यापक पनि क्याम्पस आउन छाडेका छन् ।
केही विद्यार्थीहरूलाई ह्वाट्स्एपजस्ता अनलाइन माध्यामबाट मार्गदर्शन गर्ने काम मात्र भइरहेको छ ।