शिक्षासम्बन्धी विधेयक सदनमा पेस

आश्विन १४, २०८० |कान्तिपुर टीभी संवाददाता
शिक्षासम्बन्धी विधेयक सदनमा पेस

काठमाडौं । सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनाएको विधेयक प्रतिनिधिसभा पेस गरेको छ ।

शिक्षामन्त्री अशोककुमार राईले आइतबारको बैठकमा शिक्षा विधेयक सदनमा पेस गरेका हुन् ।

मन्त्री राईले गत भदौ २७ गते सो विधेयक संसद् सचिवालयमा दर्ता गराएका थिए ।

मन्त्री राईले प्रस्तुत गरेको शिक्षा विधेयकलाई लिएर नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरुले पठनपाठन ठप्प गरेर काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए ।

सरकारसँगको ६ बुँदे सहमति पछि उनीहरुले आन्दोलन फिर्ता गरेका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.