मोरङको आमजुंगी विद्यालयका शिक्षकले गरे दलीय संघसंस्थामा आबद्ध नहुने घोषणा

आश्विन ९, २०८० |कान्तिपुर टीभी संवाददाता
मोरङको आमजुंगी विद्यालयका शिक्षकले गरे दलीय संघसंस्थामा आबद्ध नहुने घोषणा

तस्बिर : विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौंमा प्रदर्शनमा उत्रिएका शिक्षकहरू

काठमाडौं । मोरङ जिल्लाको केराबारी गाउँपालिकास्थित आमजुंगी आवासीय विद्यालयका सम्पूर्ण शिक्षकहरुले कुनै पनि दल विशेषको भ्रातृ तथा सुभचिन्तक संघ संस्थामा नरहने घोषणा गरेका छन् ।

साथै उनीहरुले शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघसँगको आबद्धता तोड्दै सामूहिक राजीनामा दिएका छन् ।

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा महासंघको आह्वानमा देशभरका शिक्षकहरु आन्दोलित बनेको तर जिम्मेवारीअनुसारको भूमिका निर्वाह नगरी धोका दिएको उनीहरुले जनाएका छन् ।

सकारात्मक भूमिका निर्वाह गर्ने सवालमा गम्भीर नबनेको र सकारको गुलाम भई निहित व्यक्तिगत स्वार्थमा लिप्त भएर गद्दारी गरेको जनाउँदै उनीहरुले अब उप्रान्त कुनै पनि दलीय संघसंस्थामा आबद्ध नहुने घोषणा गरेका छन् ।

संयुक्त वक्तव्यमा उक्त विद्यालयका प्रधानाध्यापकसहित १० शिक्षकको हस्ताक्षर रहेको छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.