महानगरले संस्थागत विद्यालयलाई भन्यो- छात्रवृत्ति वितरणको विवरण पठाउनू

जेष्ठ १०, २०८० |कान्तिपुर टीभी संवाददाता
महानगरले संस्थागत विद्यालयलाई भन्यो- छात्रवृत्ति वितरणको विवरण पठाउनू

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सबै संस्थागत विद्यालयहरुलाई छात्रवृत्ति वितरणको विवरण पठाउन भनेको छ ।

महानगरपालिकाअन्तर्गत शिक्षा विभागले बुधबार एक सूचना जारी गर्दै महानगरमा सञ्चालित संस्थागत विद्यालयहरुलाई शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) बमोजिमको छात्रवृत्ति छनोट समितिबाट निर्णय गराई छात्रवृत्ति वितरण गर्न निर्देशन दिएको हो ।

‘काठमाडौं महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ बमोजिमको छात्रवृत्तिको सोही नियममा उल्लेख भएका प्रावधानका आधारमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई वितरण गरी नियमावलीको नियम ५९ बमोजिम छात्रवृत्ति पाउने विद्यार्थीको नामावली विद्यालयको वेबसाइटमा प्रकाशन गर्ने,’ पाँचबुदे निर्देशन जारी गर्दै महानगरले भनेको छ, ‘२०८० जेठ १५ भित्र छात्रवृत्ति वितरण गरी मिति २०५० जेठ १६ गते कार्यालय समयभित्र सोको जानकारी यस विभागमा र इमेल kmcdoescholarship. [email protected] मा अनिवार्य रूपले पठाउनुपर्ने ।’

महानगरले कुनै पनि अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भए त्यसको सुनुवाइको अवसर दिने पनि जनाएको छ । महानगरले तोकिएबमोजिमको समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने पनि सार्वजनिक सूचनामार्फत जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.