कक्षा १२ बोर्ड परीक्षा सकियो

जेष्ठ ५, २०८० |कान्तिपुर टीभी संवाददाता
कक्षा १२ बोर्ड परीक्षा सकियो

काठमाडौं । यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा सकिएको छ । वैशाख २६ गतेबाट सुरु भएको परीक्षा आज सकिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा देशभर ४ लाख ६७ हजार ३ सय ८९ परीक्षार्थी सहभागी भएका छन् ।

परीक्षा १४ सय ५३ परीक्षा केन्द्रमार्फत सञ्चालन भएको हो । यस्तै यो वर्ष ५६ हजारभन्दा बढी परीक्षार्थीले ग्रेड वृद्धिको परीक्षा दिए । कम नम्बर आएको विषयमा उनीहरुले ग्रेड वृद्धिको परीक्षा दिएको नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.