कक्षा १२ को परीक्षा सुरु (फोटो फिचर)

वैशाख २६, २०८० |मुरारी घिमिरे
कक्षा १२ को परीक्षा सुरु (फोटो फिचर)

काठमाडौं । यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आज सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा मध्याह्न ११ बजेसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा देशभर ४ लाख ६७ हजार ३ सय ८९ परीक्षार्थी सहभागी हुँदैछन् ।

१ हजार ४ सय ५३ परीक्षा केन्द्रमार्फत सञ्चालन हुने कक्षा १२ को परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषय छ ।

यस वर्ष ५६ हजारभन्दा बढी परीक्षार्थीले ग्रेड वृद्धिको परीक्षा दिँदैछन् । कम नम्बर आएको विषयमा उनीहरुले ग्रेड वृद्धिको परीक्षा दिनु पर्नेछ ।

परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन १७ हजार ४ सय ७२ सुरक्षाकर्मीसहित ५० हजार निरीक्षक, पर्यवेक्षक, कर्मचारी र सहयोगी परिचालन भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा नियमिततर्फ १ सय १४ र आंशिकतर्फ ९७ विषयको परीक्षा सञ्चालन हुने छ ।

१२ कक्षाको परीक्षा जेठ ५ गतेसम्म सञ्चालन हुने छ ।


Image

मुरारी घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।