पद्मोदय विद्यालयलाई देशकै नमुना बनाउनुपर्छ : पूर्वसभामुख ढुंगाना

फाल्गुन २९, २०७९ |कान्तिपुर टीभी संवाददाता
पद्मोदय विद्यालयलाई देशकै नमुना बनाउनुपर्छ : पूर्वसभामुख ढुंगाना

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले पद्मोदय विद्यालयलाई देशकै नमुना विद्यालय बनाउनुपर्ने धारणा राखेका छन् ।

पद्मोदय विद्यालयको ७५औं वार्षिकोत्सव कार्यक्रममा सोमबार उनले देशकै नमुना विद्यालयका रुपमा स्थापित गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरेका हुन् । उनले प्रधानमन्त्री दाहालले विद्यालयको विकासका लागि अधिकतम सहयोग गर्ने अपेक्षा राखेको जनाए ।

‘पद्मोदयलाई देशभरकै नमुना स्कुल बनाउनुपर्छ । प्रधानमन्त्रीले यसका लागि के गर्न सक्नुहुन्छ । त्यो गर्नुहुन्छ भन्ने आशा छ । यसलाई देशभरकै नमुना स्कुल बनाउन सकिन्छ,’ उनले भने, ‘उहाँको अधिकतम सहयोग हामीले प्राप्त गर्नेछौं । देशको प्रधानमन्त्री स्कुलको वार्षिकोत्सवमा आउनु भनेको साह्रै ठूलो कुरा हो । प्रधानमन्त्री आउनु आफैँमा गर्वको कुरा हो ।’

पूर्वसभामुख ढुंगानाले शैक्षिक, भौगोलिक धरातल राम्रो बनाउन प्रधानमन्त्री दाहालले सहयोग गर्ने विश्वास व्यक्त गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.