कक्षा १२ सम्म नि:शुल्क शिक्षा भएन प्रभावकारी

आश्विन २५, २०७९
कक्षा १२ सम्म नि:शुल्क शिक्षा भएन प्रभावकारी

हेर्दा घरमा वा अन्य कुनै ठााउमा बसेर विद्यार्थी अध्ययानमा व्यस्त झै देखिन्छ तर यो विद्यालयको कक्षा कोठाभित्रको दृश्य हो । बाह्रबिशेस्थित शारदा उच्च माध्यमिक विद्यालयका बालबालिका विद्यालयको पोशाक विनै कक्षामा उपस्थित हुने गर्छन् । कतिपय विद्यार्थीको त कक्षा चलिरहेपनि खेलमा ध्यान छ नगरपालिकाले निशुल्क शिक्षाको व्यवस्था गरिदिएको छ । तर अपेक्षाकृत रुपमा विद्यार्थी सहभागीता बढ्न सकेको छैन । निशुल्क शिक्षाका लागि सरकारी बजेट खर्च भएपनि उपलब्धि भने सुन्य छ ।  

निशुल्क शिक्षा हुादा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले भने राहात महसुस गरेका छन् । तर आर्थिक रुपले मध्यम र सम्पन्न विद्यार्थीका लागि निशुल्क शिक्षा दुरुपयोग गर्ने उपाय बनेको छ । निशुल्क शिक्षाका लागि स्थानीय तहले गरेका प्रयासहरु सफल बनाउन विद्यालय स्वंय शिक्षाप्रति गम्भिर बन्न आवश्यक छ । बाह्बिसे नगरपालिकाले नगरभित्रका ५४ विद्यालयकका ११ र १२ पढ्ने विद्यार्थीका लागि निशुल्क शिक्षा प्रदान गर्दा विकास बजेटको दुई करोड ६० लाख बाषिर्क खर्च हुने गरेको छ । तर विद्यालय र अविभावक गैरजिम्मेवार हुदाा स्थानीय सरकारको खर्च बालुवामा पानी हाले बराबर हुने चिन्ता बढेको छ ।