११ र १२ को पढाई दिउँसो गर्ने निर्देशन पोखराका विद्यालयले टेरेनन्

श्रावण २१, २०७९
 ११ र १२ को पढाई दिउँसो गर्ने निर्देशन पोखराका विद्यालयले टेरेनन्

शिक्षा ऐनले कक्षा ११ र १२ लाई माध्यमिक तहमा राखेको धेरै भइसक्यो । तर पोखराका निजी तथा सामुदायिक विद्यालयहरुले भने क्याम्पस स्तर कै अध्ययन समय पाठ्यभार दिईरहेका छन् । विद्यालयहरुले पाठ्यभार नै नपुग्ने गरि ११ र १२ मा बिहानी कक्षा संचालन गर्दै ६ घण्टाको अध्ययन समयलाई घटाएर ३ घण्टा ४५ मिनेटमा सिमित गराएका हुन् ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा ११ र १२ का लागि वाषिर्क २७ पाठ्यघण्टा अर्थात वाषिर्क आठ सय ६४ कार्यघण्टा पाठ्यभार तोकेको छ । पाठयक्रम विकास केन्ऽले तोकेको समय अनुसार एउटा सत्रमा कम्तिमा ५ घण्टा २० मिनेट पढाउनु पर्ने हुन्छ तर विहान पढ्ने विद्यार्थीले ६ बजे देखि १० बजेसम्म ४ घण्टा मात्र समय पाउाछन । त्यसमा पनि पढाई सुरु र विदा गर्दा पढाई हुने समय साढे तीन घण्टामात्र रहन्छ । एउटा विद्यालयले दुवै सत्रको पढाई गर्दा विहानी सत्रमा पाठ्यभार समय -क्रेटिड अवार) पुगेको छैन । 

पोखरा महानगरपालिका शिक्षा महाशाखाले दिवा सत्रमा मात्र पढाइ संचालन गर्न भन्दै २०७८ फागुन २० गते लिखित निर्देशन जारी गर्‍यो तर पनि विद्यालयहरुले अटेर गर्दै आएका छन् । सामुदायिक र निजी विद्यालयले वाषिर्क २ सय ५० घण्टा कम पढाएर बालबालिकाको भविष्यमाथि खेलवाड हुादासमेत  नियामक निकाय भने मुकदर्शक बन्दै आएको छ । 

विद्यालयले भने पुर्वाधार र जनशक्तीको अभाव देखाउदै बिहानी कक्षा संचालन गर्नुपरेको बताउँछ । पाठ्यभार घटाएर बिहानी कक्षा संचालन हुादा विद्यार्थी मर्कामा मात्रै परेको छैन शैक्षिक स्तर समेत खस्कन पुगेको छ ।