आयात–निर्यात दुवै बढ्दा पनि व्यापार घाटा १२ खर्ब नाघ्यो

वैशाख ७, २०८३ |कान्तिपुर टीभी संवाददाता
आयात–निर्यात दुवै बढ्दा पनि व्यापार घाटा १२ खर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्ममा गत वर्ष यही अवधिको तुलनामा आयात १३ प्रतिशतले बढेको छ । यही अवधिमा निर्यात पनि १८ प्रतिशतले बढेको छ ।

आयातको तुलनामा निर्यात कम हुँदा व्यापार घाटा भने १२ खर्ब ६७ अर्ब पुगेको छ । यो भनेको गत वर्षको चैतसम्मको तुलनामा १३ प्रतिशतको वृद्धि हो । चैत महिनासम्मको तथ्यांकअनुसार १४ खर्ब ९० अर्ब रुपैयाँको आयात हुँदा निर्यात २ खर्ब २२ अर्ब रुपैयाँको मात्रै छ । 

गत वर्ष १३ अर्ब ९ अर्ब रुपैयाँको मात्रै आयात भएको थियो भने निर्यात १ खर्ब ८८ अर्ब रुपैयाँको थियो । यस्तै पछिल्लो ९ महिनामा डिजेल १ खर्ब ३ अर्ब, सोयाबिन तेल ७६ अर्ब, पेट्रोल ५० अर्ब र ग्यास ४१ अर्ब रुपैयाँको आयात भएको छ ।

साथै फलामजन्य वस्तु, स्मार्टफोन, डाइमोनियम हाइड्रोजन फस्फेट, सुन, फर्टिलाइजर ग्रेडलगायत वस्तुको उच्च आयात भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.