.png&w=1000&height=550)
झापा । गत फागुन र चैतमा आएको हावाहुरी र असिनापानीले झापामा करिब तीन अर्बको कृषिउपजमा नोक्सानी पुगेको छ ।
फागुन अन्तिम र चैत पहिलो साताको हावाहुरीसँगैको असिनापानीले अन्न, तरकारी र फलफूल खेती नष्ट पारेको थियो । त्यसबाट झापामा करिब तीन अर्ब रूपैयाँ बराबरको नोक्सान भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सबैभन्दा बढी बाह्रदशी गाउँपालिकाका तरकारी र झापा गाउँपालिकामा मकैमा क्षति पुगेको थियो । त्यस्तै झापा र भद्रपुर र कचनकबलका किसानले लगाएको केरा खेतीमा पनि ठूलो क्षति पुगेको छ ।