मधेशमा विकास बजेट खर्च केवल १३ प्रतिशत : सरकारलाई गति बढाउन दबाब

चैत्र १५, २०८२ |अमरकान्त ठाकुर
मधेशमा विकास बजेट खर्च केवल १३ प्रतिशत : सरकारलाई गति बढाउन दबाब

धनुषा । आर्थिक वर्ष सप्पन्न हुन तीन महिना बाँकी रहेको बेला मधेश प्रदेश सरकारको विकासे बजेट १३ प्रतिशात मात्र खर्च भएको भन्दै प्रदेश सभा सदस्यहरूले सरकारलाई बजेटको गति बढाउन जोड दिएका छन् ।

लामो समयपछि आइतबार बसेको मधेश प्रदेश सभाको छैठौं अधिवेशनको १४औं बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरूले जनतालाई अनुभूति हुने गरी बजेट कार्यान्वयन गर्न जोड दिएका हुा् ।

जेनजि आन्दोलन पछि देशमा भएको परिवर्तनलाई आत्मसात गर्दै विगतका कमीकमजोरीलाई सुधार गरेर अगाडी बढ्नुपर्ने आबश्यकता रहेको उहाँहरूको भनाइ थियो ।

मधेसी मूलको पहिलो प्रधानमन्त्री भएकोमा प्रदेश सभा सदस्यहरूले बालेन्द्र शाहलाई बधाई पनि दिनुभएको थियो।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।