पाल्पामा एकदिने कृषि मेला प्रदर्शनी

चैत्र ८, २०८२ |माधव अर्याल
पाल्पामा एकदिने कृषि मेला प्रदर्शनी

पाल्पा । किसानको उत्पादनलाई प्रवर्द्धन गर्नुका साथै नयाँ प्रविधिबारे जानकारी गराउन पाल्पामा मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था र तानसेन नगरपालिका-९ आयाेजनामा एकदिने कृषि मेला प्रदर्शनी गरिएकाे छ ।

कृषि प्रदर्शनी मेलामा किसानले विभिन्न कृषि उत्पादनसम्बन्धी स्टल राखेका थिए । खाद्यान्न, तरकारी, फलफूल, दलहन, तेलहनलगायतका उत्पादित वस्तुहरू प्रर्दशनीमा राखेका थिए । केरा, तरूल, फर्सी, मकै, धान, पिँडालु, विभिन्न प्रजातिका बिरूवा, घरेलु कृषि औजारसमेत प्रदर्शनी गरिएको सहकारीका अध्यक्ष घनश्याम घिमिरेले बताउनुभयाे । 

प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषि यन्त्र उपकरण, बीउविजन, नर्सरी बिरूवा प्रदर्शनी तथा बिक्रीवितरण स्टल राखिएको थियो । सोही अवसरमा मदनपोखरा, रूप्से, कुन्सरे, तेल्घा लगायतका स्थानबाट कृषिको क्षेत्रमा उल्लेख्य योगदान गर्ने किसानलाई सम्मानसमेत गरिएको छ । 


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।