दुई दिनमा पन्ध्रसय सिलिन्डर वितरण

चैत्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
दुई दिनमा पन्ध्रसय सिलिन्डर वितरण

जुम्ला । जुम्लामा खाना पकाउने एलपी ग्यासको अभावलाई मध्यनजर गर्दैं दुई दिनमा पन्ध्रसय सिलिन्डर वितरण गरिएको छ । 

बुढा जनरल स्टोर र लगन जनरल स्टोर एन्ड सप्लायर्सबाट सिधैं उपभोक्तालाई ग्यास बाँडिएको हो । दुई दिन लगाएर ग्यास उपलब्ध गराएपछि अहिले सहज भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले जानकारी दिनुभयो । 

उहाँले डिलरहरूलाई आधा ग्यास भरिएको सिलिण्डर पनि धेरै भन्डारण गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.