
धनुषा । धनुषालगायत मधेश प्रदेशका जिल्लामा समयमा पानी नपर्दा आँप खेतीमा ह्रास आउने देखिएको छ।
फागुन लागेसँगै रूखमा पात नै ढाक्ने गरी मञ्जरी लागेको आँप देखेर उत्पादन बढ्ने सोचेर खुसी बनेका किसान समयमा पानी नपरेपछि दाना लाग्नु अघि नै फूः सुक्न थालेसँगै चिन्तित बनेका छन।
चैत–बैशाखमा हावाहुरी, असिना र मधुवालगायतका रोगबाट क्षति हुने डर अनि पानीको अभावमा मञ्जरी नै सुकेपछि उत्पादन घट्ने देखेर किसान निराश भएका हुन् ।