हावाहुरीसँगै आएको पानीले झापाको बाह्रदशी गाउँपालिकामा ठूलो क्षति

चैत्र ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
हावाहुरीसँगै आएको पानीले झापाको बाह्रदशी गाउँपालिकामा ठूलो क्षति

झापा । हावाहुरीसँगै आएको पानीले झापाको बाह्रदशी गाउँपालिकामा तरकारी र मकै बालीमा ठूलो क्षति पुगेको छ ।

फागुन २८ र चैत २ गतेको हावाहुरीसँगैको वर्षाले बाह्रदशीमा काउली, बन्दोगोभी खेतमै कुहिइएको छ भने पाक्नै लागेको मकै पनि हावाले सोत्तर बनाएको छ। हावाहुरी र पानीले बाह्रदशी र झापा गाउँपालिकामा मात्रै एक करोडभन्दा बढी क्षति पुगेको कृषि ज्ञान केन्दले प्रारम्भिक आकडा निकालेको छ।

हावाहुरी र पानीले बाह्रदशी र झापा गाउँपालिकासँगै हल्दीबारीमा लगाइएको मकै बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.