आर्थिक मन्दीले सहकारी ऋण असुली प्रभावित

फाल्गुन ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
आर्थिक मन्दीले सहकारी ऋण असुली प्रभावित

काठमाडौं । सरकारले आर्थिक मन्दीका कारण सहकारीको ऋण असुली प्रभावित भइरहेको निष्कर्ष निकालेको छ । 

अर्थ मन्त्रालयले कार्यान्वयनमा ल्याएको पाँच वर्षे वित्तीय क्षेत्र विकास रणनीतिमा आर्थिक मन्दीले सहकारीको ऋण असुली प्रभावित भएको निष्कर्ष निकालेको हो । सहकारीका सिद्धान्त परिपालन नहुनु र व्यवस्थापनमा सीमित स्वार्थ समूहको प्रभावले सुशासनको गम्भीर समस्या देखिएको रणनीतिमा उल्लेख छ । 

वचत तथा ऋण सहकारीहरूले खराब कर्जाको यथार्थ विवरण नदेखाउने र कर्जा नोक्सानीका लागि पर्याप्त कोष व्यवस्था नगर्दा वित्तीय जोखिम बढेको रणनीतिमा उल्लेख छ । देशभर ३२ हजार सहकारी, ९ खर्ब २३ अर्ब ७४ करोडबराबरको ऋण लगानी छ।

७४ हजार ३ सय ७ जनाको रकम सहकारीमा ४४ अर्ब डुबेकामा अहिलेसम्म चार अर्ब मात्रै भुक्तानी भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.