दिगो आर्थिक विकास र रोजगारी सिर्जना गर्ने स्वदेशी उद्योग संरक्षण गर्ने नीति लिन आग्रह

फाल्गुन १, २०८२ |कान्तिपुर टीभी संवाददाता
दिगो आर्थिक विकास र रोजगारी सिर्जना गर्ने स्वदेशी उद्योग संरक्षण गर्ने नीति लिन आग्रह

काठमाडौं । उद्योग व्यवसायीहरूले दिगो आर्थिक विकास र रोजगारी सिर्जना गर्नेका लागि स्वदेशी उद्योग संरक्षण र प्रवर्द्धन गर्ने नीति लिन आग्रह गरेका छन् ।

नेपाल उद्योग परिसंघले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा व्यवसायीहरूले नेपालमा वस्तु उत्पादनको लागत घटाउने किसिमका नीति ल्याउन सुझाएका हुन् । परीसंघका अध्यक्ष वीरेन्द्र पाण्डे र उध्योगी निर्वाण चौधरीलगायतले पछिल्ला १० वर्षमा छिमेकी देश भारत र बंगलादेशले आफ्ना रैथाने वस्तुको उत्पादन तथा प्रवर्द्धनका लागि प्राथमिकता दिए पनि नेपालमा कुनै पनि सहजीकरण हुन नसकेको बताए ।

अहिलेसम्म १५० वटा नेपाली उद्योगले गैंडा अंकित ट्रेडमार्क लिएका छन् । सरकारले सहयोग गरेमा आगामी १० वर्षभित्र एक सय खर्बको अर्थतन्त्र बनाउन सकिने उद्योगी व्यवसायीको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.