
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला २ लाख ७४ हजार ७ सय रूपैयाँ पुगेको हो । आइतबारको तुलनामा साेमबार एकै दिन तीन ४१ सय रूपैयाँले बढेको हो । अन्तराष्ट्रिय बजारमै सुनको मूल्य बढेका कारण घरेलु बजारमा प्रभाव देखिएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
सुनको मूल्य बढी भएपछि किन्ने भन्दा बिक्री गर्ने बढी भएको व्यवसायीहरुले बताएका छन् । नेपाली बजारमा दैनिक २० लाख केजी सुनको खपत हुनेगरेको त्यो अहिले आधा पनि हुन सकेको छैन ।