
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।
उहाँले साेमबार नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम आगामी माघ ४ गते बिहान ११ बजे राष्ट्रिय सभाको बैठक आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि सोमबारै बसेको बैठकले माघ ४ गते अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रतिनिधिसभा विघटन भए पनि स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभाको अधिवेशन बोलाउनेबारे यसअघि विभिन्न चरणमा छलफल भएको थियो । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पनि आग्रह गर्नुभएको थियो ।
यसैगरी सरकारले मानव बेचबिखनविरूद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र-इसीमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले पाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर २ लाख ८३ हजार ५ सय ३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ ।
सरकारले म्यानमारको बौद्ध पगोडाको अभिलेखालय र गंगाघाट मन्दिर पुनर्निर्माणका लागि ३ लाख ५० हजार डलर सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषाद् बैठकले गरेको छ ।