
पूर्वी नवलपरासी । माघे सङ्क्रान्ति नजिकिएसँगै पूर्वी नवलपरासीबाट काठमाडौं, पोखरा, चितवन, बुटवललगायतका ठूला बजारमा तरूल पठाउन सुरू गरिएको छ ।
जिल्लाको उत्तरी भेगका किसानले व्यवसायिकरूपमा तरूल खेती गर्ने र माघीमा यसको माग उच्च हुने भएकाले व्यवसायी तरूल खरिदका लागि नवलपुर पुगेका छन् । जिल्लाको हुप्सेकोट, बौदीकाली र बुलिङ्गटार गाउँपालिकामा व्यवसायिक तरूल खेती हुने गर्दछ ।
अघिल्लो वर्ष ५३ मेट्रिक टन तरूल उत्पादन भएको थियो । जिल्लामा एक किसानले २६ किलोसम्मको एउटै तरूल फलाएका छन् ।