
बागलुङ । बागलुङ महोत्वमा आठ करोडको कारोबार भएको छ ।
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ देखि सञ्चालन भएको आठौं बागलुङ महोत्सवमा ८ करोडको आर्थिक कारोबार भएको हो । ४२ लाखभन्दा धेरैको टिकट बिक्री भएको महोत्वमा चार लाख दर्शकले अवलोकन गरेका छन् । महोत्वसमा स्थानीय उत्पादनको प्रवर्द्धनसँगै २ सय भन्दा धेरै व्यापारिक स्टलमा कारोबार भएको छ ।