
काठमाडौं । स्वदेशी उत्पादन प्रवर्द्धन गर्न ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी भएको छ ।
ललितपुरस्थित अन्तर्राष्ट्रिय क्लबमा शनिबार भएको स्वदेशी बजार प्रदर्शनीमा साना, मझौला तथा घरेलु उद्योगका ४० भन्दा बढी स्टल राखिएको छ ।
प्रदर्शनीमा कृषि तथा एग्रो–प्रविधि, खाद्य तथा प्रशोधित उत्पादन, वस्त्र तथा पहिरन, हस्तकला लगायत उत्पादन निर्माणसम्बन्धी उद्योगको सहभागिता छ ।