अध्यक्ष अग्रवालको प्रश्न : सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ?

मंसिर २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
अध्यक्ष अग्रवालको प्रश्न : सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ?

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्र अहिले आर्थिक संक्रमणको मोडमा रहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव रहेको, बैंकिङ क्षेत्रमा अधिक तरलता तथा घट्दो ब्याजदरको व्यवस्थापनको चुनौती रहेको बताउनु भयो । 

साथै लगानी वातावरणमा अनिश्चितता र राजश्व संकलनको दबाब रहेको उहाँले बताउनु भयो । उहाँले निजी क्षेत्रको साथमा सरकार रहेको बताइए पनि अन्तरिम सरकारको आयु कति हो ? भन्दै प्रश्न गर्नुभयो । अन्तरिम सरकारले ल्याएका नीतिहरू विधि विपरित रहेको भन्दै स्थायी सरकारले उल्ट्याइदिने र निजी क्षेत्रको लगानी डुब्ने समस्या कायम रहेको उहाँले बताउनु भयो । 

वित्तीय पत्रकारितामा गलत तथ्य, अपुष्ट सूचना र अनावश्यक उत्तेजनाले बजारमा अस्थिरता ल्याउने उहाँकाे भनाइ थियाे । सरकारले नीति बनाउने, निजी क्षेत्रले अर्थतन्त्र चलाउने, नियामकले अनुशासन कायम गर्ने र पत्रकारले पारदर्शीता सूचित गर्नुपर्ने उहाँले बताउनु भयो ।

उहाँले निजी क्षेत्र लामो समयसम्म टिक्नसक्ने स्थिति नरहेको बताउनु भयो । निर्यात अभिवृद्धिदर, उत्पादकत्व वृद्धि जस्ता संरचनागत आर्थिक आवश्यकताहरू देखिएको उहाँकाे भनाइ थियाे । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.