
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारले सरकारले माटो व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
१२औं विश्व माटो दिवसको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले माटो तथा मल परीक्षणका लागि केन्द्रीय कृषि प्रयोगशालाले किसानहरूलाई सेवा प्रदान गर्दै आएको समेत बताउनुभयो । मन्त्री परियारले देशभर माटो परीक्षण गरी डिजिटल माटो नक्सालाई अध्यावधिक गर्ने काम भइरहेको पनि जानकारी दिनुभयो ।
सरकारले माटो परीक्षण, सन्तुलित मलको प्रयोगका लागि प्राविधिक तथा किसानको क्षमता अभिवृद्धि जस्ता काम गर्दै आएको मन्त्री परियारको जिकिर थियो । मन्त्री परियारले रासायनिक एवं प्राङ्गारिक मल व्यवस्थापनका लागि पनि सरकारले ठोस योजनाका साथ काम गरिरहेको पनि बताउनु भयो ।