धनकुटामा यो वर्ष घट्याे धान उत्पादन

मंसिर १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
धनकुटामा यो वर्ष घट्याे धान उत्पादन

धनकुटा । धनकुटामा यो वर्ष धान उत्पादन घटेको छ । 

रोपाइँका बेला लागेको खडेरी र पाक्ने बेलाको झरीका कारण धान उत्पादनमा गत वर्षभन्दा करिब १० प्रतिशत घटेको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ । रोगकीरा र हुरीबतासले पनि धानबालीमा क्षति गरेको छ । गएको वर्ष धनकुटामा ४ हजार ८ सय ३२ हेक्टरमा गरिएको खेतीबाट २० हजार १ सय ५२ मेट्रिकटन धान उत्पादन भएको थियो । 

रोपाइँको मुख्य सिजन असार साउनको खडेरीले वर्ष रोपाइँको क्षेत्रफल समेत १ सय १३ हेक्टर घटेको थियो । धानबालीमा भएको क्षतिबाट करिब ४१ करोड ५२ लाख ९९ हजार रूपैयाँ नोक्सान भएको केन्द्रले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.