
बुटवल । बुटवलमा १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव- २०८२ को तयारी सुरू भएको छ ।
रूपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डपमा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्दैछ । संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार भन्ने मूल नाराका साथ हुने प्रदर्शनीका लागि सचिवालय स्थापना गरेर तयारी थालेको छ ।
आठ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको कारोवार हुने अनुमान गरेको संघका अध्यक्ष कृष्ण पराजुलीले बताउनुभयो । महोत्सवमा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, आइटी लगायतका करिब पाँच सय स्टलहरू रहने छन् ।