
काठमाडौं । देशभरका औषधि व्यवसायीहरू औषधि ऐन २०३५ संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
उनीहरूले ऐनको केही व्यवस्थामा संशोधनको माग गर्दै मंसिर ११ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन्। संघर्ष समितिले बुधबार विभिन्न ठाउँमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। संघर्ष समितिले ऐनको दफा ११ को उपदफा ३ र ५ व्यवसायीहरूको लागि ‘अव्यवहारिक र दण्डात्मक’ रहेकाले तत्काल संशोधन तथा खारेजीको माग गरेका छ ।
हालको प्रावधानअनुसार दर्ता नवीकरण म्याद सकिएको भोलिपल्टदेखि १०० प्रतिशत जरिवाना र ३१औँ दिनपछि व्यवसाय स्वतः रद्द हुने व्यवस्था छ, जसले व्यवसायीलाई पलायन हुने अवस्था बनाइरहेको उनीहरूको गुनासो छ ।