
विराटनगर । कोशी प्रदेशमा एक लाख ५७ हजार ६ सय १३ जना नयाँ मतदाता थपिएका छन् ।
असोज १० देखि मंसिर पाँच गतेसम्ममा १३ जिल्लाका निर्वाचन कार्यालय तथा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र राष्ट्रिय परिचयपत्रको अभिलेखका आधारमा नयाँ मतदाता थपिएका हुन् । प्रदेश निर्वाचन कार्यालयले प्रदेश कार्यालय पुगेर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या ५८ हजार नौसय २५ जना रहेको जनाएको छ ।
त्यसैगरी, राष्ट्रिय परिचयपत्रको अभिलेखका आधारमा ९८ हजार ६ सय ८८ मतदाता थपिएको जनाएको हो ।