
कर्णाली । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले प्रदेश सरकारको चौमासिक प्रगति विवरणको खोजबिन थालेको छ ।
सरकालाई नागरिकप्रति जवाफदेही बनाउन र बजेट कार्यान्वयनलाई सहयोग पुर्याउन समितिले चौमासिक उपलब्धिको खोजी गरेको कर्णाली प्रदेससभाका सामाजिक विकास समिति सभापति पूर्णबहादुर खत्रीले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालय मातहतका वार्षिक नीति तथा कार्यक्रममा समावेश भएका योजनाको कार्यान्वयन अवस्था अध्ययन गरिसकेको समितिले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको चौमासिक प्रगति अध्ययन गर्न थालेको छ ।