पाल्पाको आर्यभञ्ज्याङ रामपुर सडकको बेहाल

प्रदेश सरकारले गौरवको आयोजनामा राखेकै सडकको मर्मतमा बेवास्ता
मंसिर १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
 पाल्पाको आर्यभञ्ज्याङ रामपुर सडकको बेहाल

पाल्पा । २०६५ मा सुरू भएर २०६९ सालमा ओटासिल कालोपत्रे भएको पाल्पाको आर्य-भन्ज्याङ-जब्गादी-रामपुर ४९ किलोमिटर सडक बेवारिसे बनेको छ । 

मर्मतसम्भार नहुँदा सडकमा ठूल्ठूला खाल्डा बनेको छ भने कालोपत्रेको नामोनिसान मेटिने अवस्थामा पुगेको छ । २०७५ सालमा लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनामा राखेयता त झन् मर्मतसम्भारको कामै हुनसकेको छैन । सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ्देखि सुरू भएर ताहुँ, जब्गादी, बेलडाँडा हुँदै पाल्पाको दोस्रो व्यापारिक केन्द्र रामपुर नगरपालिका जोड्ने प्रमुख सडक हो । तर दर्जनौ गाउाबस्ती जोड्ने सडकलाई संघीय, प्रदेश र स्थानीय सरकारले ध्यान नदिादा अलपत्र भएको हो । 

यो सडक वर्षौदेखि जीर्ण बन्दा स्तरोन्नती र मर्मतसुधारमा सरोकारवाला निकायको ध्यान पुगेको छैन । सडकमा अत्यधिक खाल्डाखुल्डी र कालोपत्र उप्किएको यो सडकमा केही वर्षयता सवारी साधन सञ्चालनमासमेत ७५ प्रतिशतले कमी आएको छ । हिउादमा धुलाम्मे र वर्षायाममा हिलाम्मे भएपछि साना सवारीसाधन गुडाउनै सास्ती छ ।

यही सडकअन्तर्गत वीरकोट र जब्गादीको बीच सेफतको अप्ठ्यारो भागमा रिजिट पेभमेन्टको काम पनि अलपत्र छ । हुमिनदेखि ताहुँसम्म ४ किलोमिटर स्तरोन्नति गर्न लुम्बिनी प्रदेश सरकारले बजेट कम पठाएपछि काम सम्पन्न गर्ने म्याद गुजारेको एक वर्ष भइसकेको छ । आर्यभन्ज्याङ्देखि चिदीपानी ५ किलोमिटरमा मोड काट्ने र खाल्डा पुर्ने काम टिकाउ छैन । 

कतिपय खण्डमा चौडा गरेर छाडेको छ भने नाली निर्माण नहुँदा सडकबाटै भल बगेर खाल्डाखुल्डी भएको छ । रामपुर नगरपालिका, पूर्वखोला, रम्भा, माथागढी गाउापालिकाका दर्जनौं बस्ती समेट्ने यो सडकमा सवारीसाधन सञ्चालन गर्न समस्या भएको गुनासो सवारी चालकको छ । सडक मर्मत तथा स्तरोन्नतिका लागि पर्याप्त बजेट विनियोजन नहुँदा काम गर्न नसकेको लुम्बिनी प्रदेश सरकारअन्तर्गतको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।

२०७४ अघिसम्म सडक डिभिजन पाल्पाले मर्मतसम्हार सुरू गर्दा लुम्बिनी प्रदेशले गौरवको आयोजनामा राखेपछि झन् अलपत्र बनेको यो सडक छेउमा पसल तथा व्यवसाय गर्नेसमेत विस्थापित भएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.