कञ्चनपुरको लालझाडीमा अपाङ्गता पहिचान शिविर

२० जनामा शारीरिक अपाङ्गता पहिचान
मंसिर १०, २०८२ |हरिश्चन्द्र बाग
कञ्चनपुरको लालझाडीमा अपाङ्गता पहिचान शिविर

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा सञ्चालित निःशुल्क अपाङ्गता पहिचान स्वास्थ्य शिविरमा २५९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । 

जसमध्ये २० जनामा शारीरिक अपाङ्गता पहिचान भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क अपाङ्गता पहिचान स्वास्थ्य शिविरमा २५९ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा २० जनामा शारीरिक अपाङ्गता पहिचान भएको छ । 

युरोपियन युनियन र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क अपाङ्गता पहिचान शिविरमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता देखिन्थ्यो । स्वास्थ्य परीक्षण गराउनु भएका सेवाग्राहीहरूले गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रम नियमित हुनुपर्नेमा जोड दिनु भएको छ ।

पहिचान भएका वास्तविक अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सेवा पहुँचमा सहयोग पुग्नेछ । अपाङ्गता पहिचान, अभिलेखीकरण र सेवा पहुँचलाई व्यवस्थित गर्न यस्ता शिविर अत्यन्तै महत्त्वपूर्ण हुने गर्दछन् । सामाजिक न्यायको अवधारणालाई थोरै भए पनि कार्यान्वयन गर्न गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिएको पाइन्छ ।

गत विगतका वर्षहरूमा सञ्चालित शिविरमार्फत पहिचान भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको थियो । यस पटक पनि थप वास्तविक अपाङ्गता पहिचानमा विशेष ध्यान दिइएको गाउँपालिकाले जनाएको छ । स्थानीय तहका सेवामा यस्ता शिविरहरूले पूरक भूमिका खेल्दछन् । यसले सेवा प्रवाहलाई थप सहज बनाउने छ । 

अपाङ्गता भएका व्यक्तिहरूको पहिचान मात्र होइन, उहाँहरूलाई आवश्यक सेवा र सहायक सामग्री उपलब्ध गराउन पनि यस्ता शिविर महत्त्वपूर्ण मानिन्छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।