
सडक बोर्ड नेपालले रूपन्देहीको भैरहवा-भुमहि सडक खण्डमा स्थापना भएको संकलन केन्द्रबाट सोमबारदेखि दस्तुर संकलन पुनः सुरू गरेको हो । यसअघि ठेक्का लगाएर दस्तुर संकलन गरिए पनि अहिले सडक बोर्ड नेपालले आफ्नै कर्मचारी व्यवस्थापन गरेर दस्तुर संकलन गरिरहेको छ ।