सिग्नेचर प्ल्याटिनम टावरमा मेटलाइफ नेपाल

मुख्य कार्यालयकाे उद्घाटन
फाल्गुन २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिग्नेचर प्ल्याटिनम टावरमा मेटलाइफ नेपाल

काठमाडौं । मेटलाइफ नेपालले ललितपुरको पुल्चोकस्थित सिग्नेचर प्ल्याटिनम टावरमा आफ्नो नयाँ मुख्य कार्यालय उद्घाटन गरेको छ । 

मेटलाइफद्वारा आधुनिक पूर्वाधार, एकीकृत प्रविधि प्रणाली तथा सहकार्यलाई प्रोत्साहन गर्ने कार्यस्थल संरचनासहित तयार गरिएको यस कार्यालयले कार्य सञ्चालनलाई अझ प्रभावकारी बनाउनुका साथै ग्राहकहरूलाई छिटो, सहज र उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । 

यो भौतिक विस्तार मात्र नभइ प्रत्येक ग्राहकसँगको अन्तरक्रियामा विश्वास, स्पष्टता र द्रुत सेवाप्रतिको संस्थागत प्रतिबद्धताको अभिव्यक्ति भएको मेटलाइफको दाबी छ। नवप्रवर्तन, पारदर्शीता र ग्राहक-केन्द्रित सेवाप्रतिको प्रतिबद्धताका साथ कम्पनीले देशभरका मेटलाइफसँग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्नेहरूमा वित्तीय आत्मविश्वास सुदृढ बनाउँदै नेपालको बीमा क्षेत्रको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

उद्घाटन समारोहका अवसरमा मेटलाइफ नेपालले नियामक निकाय, क्षेत्रीय नेतृत्व, साझेदार तथा कर्मचारीहरूको निरन्तर सहयोगप्रति आभार व्यक्त गरेको थियो। समारोहमा संयुक्त राज्य अमेरिकाको दूतावासका चार्जे द’अफेयर्स स्कट अर्बोम र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। 

साथै मेटलाइफका क्षेत्रीय नेतृत्व लिन्डन ओलिभर (एसिया क्षेत्रीय अध्यक्ष) र एलेना बुटारोभा (वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनाम प्रमुख)लगायत पनि कार्यक्रममा सहभागी थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.