सीएफमोटो २५० ड्युअल-ईएफआई बाइक नेपाली बजारमा (भिडियाेसहित)

फाल्गुन २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सीएफमोटो २५० ड्युअल-ईएफआई बाइक नेपाली बजारमा (भिडियाेसहित)

काठमाडौं । सीएफमोटो नेपालले लाइटवेट ड्युअल–स्पोर्ट मोटरसाइकल बजारमा ल्याएको छ । 

नेपालका लागि नयाँ सीएफमोटो २५० ड्युअल-ईएफआई बाइक आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले लन्च गरेको हो । हाल नेपाली बजारमा सीएफमोटोका अन्य मोडल समेत उपलब्ध छन् । 

अहिले बजारमा उपलब्ध ड्युअल–स्पोर्ट मोटरसाइकल सीएफमोटो २५० ड्युअल-ईएफआई भने कम्युटरका साथै रफ टेरेनका लागि समेत उपयोगी हुनेछ । डिजाइनका हिसाबले यो मोटरसाइकलको अगाडिको भागमा एंगुलर फेसिया प्रयोग गरिएको छ, जससँग कम्प्याक्ट हेडलाइट एसेम्बली जोडिएको छ। 

अफरोड राइडिङका क्रममा चलाउन सहजता र राम्रो हुने कम्पनीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.