अन्डाको उचित मूल्य नपाएको कुखुरापालक किसानकाे गुनासो

कार्तिक २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
अन्डाको उचित मूल्य नपाएको कुखुरापालक किसानकाे गुनासो

झापा । झापाका लेयर्स कुखुरापालक किसानले अन्डाको उचित मूल्य नपाएको गुनासो गरेका छन् ।

प्रति कार्टुन ३५ सयमा कारोबार भइरहेको अन्डाको लागत मूल्य नै ४ हजार हाराहारी पर्ने किसानहरू बताउँछन् । शुक्रबार विर्तामोडमा आयोजित लेयर्स कखुरापालक संघको साधारणसभामा ३ अर्ब रूपैयाँभन्दा बढी लगानी रहेको लेयर्स कुखुरापालन व्यवसायमा ४ हजारले प्रत्यक्ष रोजगारी पाएको जानकारी गराइएको छ । झापामा दैनिक १ हजार कार्टुन अन्डा उत्पादन हुने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.