शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्दैन : अध्यक्ष पाण्डे

कार्तिक २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्दैन : अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्न कठिन हुने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय वृहत आर्थिक बहस २.० मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । लगानी बढ्न नसके त्यसको प्रत्यक्ष असर रोजगारीमा पर्ने बताउनु भयो । आजको विश्व बजार कुनै पनि लगानीकर्ताको लागि खुला रहेको हुँदा शान्ति सुरक्षाको लागि यो वा त्यो नभनि संवेदनशील रूपमा लिनुपर्ने उहाँकाे भनाइ छ । 

मुलुकको समग्र आर्थिक विकासका लागि सुशासन र सुरक्षा निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शीतासँगै स्थिरता हुनुपर्ने उहाँले माग गर्नुभयो । जेन-जीले उठाएका विषयहरूको कार्यान्वयनले तिव्रता पाउँछ भन्ने अपेक्षा लिएको पनि बताउनु भयो । अध्यक्ष पाण्डेले समयमै लगानीकर्ताको मनोबल बढाउन उचित कदम चाल्न आग्रह गर्नुभयो । 

आन्दोलनको बहानामा निजी सम्पत्तिमाथि आक्रमण र आगजनी गर्नेमाथि कारबाही गर्न माग गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.