जेन–जी आन्दोलनमा भएको आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडा कारबाही होस् : अध्यक्ष ढकाल

कार्तिक २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन–जी आन्दोलनमा भएको आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडा कारबाही होस् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेन-जी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारवाही गर्न माग गर्नुभएको छ ।

शनिबार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो माग गर्नुभएको हो । उहाँले आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारवाही नभए दण्डहीनता मौलाउने जिकिर गर्नुभयो । विभिन्न पेसा व्यवसाय गरी खाने वर्गले सुरक्षित रूपमा काम गर्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गर्नुभयो । 

उहाँले नाफा आर्जन गर्नु नै अपराधको रूपमा चित्रित हुनु दुःखद् भएको बताउनु भयो । अध्यक्ष ढकालले निजी क्षेत्रले देशमा ठूलो रोजगारी सिर्जना गरेको तर निजी क्षेत्रमाथि नै हमला हुनु दुःखको विषय भएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.