धनकुटामा वर्षाका कारण अन्नबालीमा ४२ करोड रूपैयाँको क्षति

कार्तिक १८, २०८२ |विनोद घिमिरे
धनकुटामा वर्षाका कारण अन्नबालीमा ४२ करोड रूपैयाँको क्षति

धनकुटा । धनकुटामा केही दिन अघिको वर्षाका कारण अन्नबालीमा ४२ करोड रूपैयाँको क्षति भएको छ ।

कृषि ज्ञान केन्द्रले गरेको प्रारम्भिक क्षति मूल्यांकन अनुसार धानमा सबैभन्दा धेरै क्षति भएको छ। २ हजार ६ सय हेक्टरमा लगाएको पाकेर काटेको, पाक्दै गरेको र कलिलो धानमा क्षति पुगेको कृषि ज्ञानकेन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले बताउनु भयो । 

यस्तै १३ हेक्टरमा लगाइएको कोदोबाली पनि नस्ट भएको छ । केन्द्रले क्षतिको विवरण संकलन गरी कोशी प्रदेश कृषि विकास निर्देशनालयमा पठाएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।