बिजुली काटिँदा कामविहीन बनेका दाङको सिमेन्ट उद्योगका मजदुर आन्दोलित

कार्तिक १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
बिजुली काटिँदा कामविहीन बनेका दाङको सिमेन्ट उद्योगका मजदुर आन्दोलित

दाङ । नेपाल विद्युत प्राधिकरणले डेडिकेट फिडरबाट बिजुली उपभोग गरेका उद्योगहरूले लामो समयदेखि बक्यौता नतिरेको भन्दै उद्योगमा बिजुली काटिदिएको छ । 

बिजुली नभएपछि उद्योग बन्द भएका कारण आफूहरूको रोजीरोटी बन्द हुन लागेको भन्दै दाङका दुई ठूला सिमेन्ट उद्योगका मजदुरहरूले घोराहीमा प्रर्दशन गरेका छन् । सरकार र उद्योगीबीचको असमझदारीले बन्द भएका दाङका दुईवटा ठूला उद्योका ११ सयभन्दा बढी मजदुर कामविहीन हुनुपरेपछि आन्दोलिन बनेका हुन् ।

दाङमा रहेका घोराही र सोनापुर सिमेण्ट उद्योगमा प्रत्यक्ष कार्यरत ११ सय भन्दा बढी कर्मचारिहरू घोराही बजारमा भेला भएर उद्योग सञ्चालन गर्ने वातावरण बनाइदिन माग गर्दै विद्युत प्राधिकरण घोराही वितरण केन्द्रमा एक घण्टा धर्ना दिएका थिए ।प्रर्दशनका क्रममा उनीहरूले विद्युत बक्यौताको नाममा सरकार र उद्योगको लडाईको मारमा आफूहरू परेको र बालबच्चाको लालन पालन कसरी गर्ने र घरखर्च कसरी चलाउने भन्ने चिन्ता उद्योगमा कार्यरत मजदुरको छ ।

नियमित महसुल तिरिरहे पनि डेडिकेटेड तथा ट्रंक लाइनको घोराही सिमेन्टको १ अर्ब ५४ करोड ४० लाख २७ हजार ५ सय ८३ रूपैयाँ र सोनापुर सिमेन्टको ६६ करोड ४३ लाख ४२ हजार ४१६ रूपैयाँ भुक्तानी बाँकी रहेको विद्युत प्राधिकरणले जनाएको छ । प्रधीकरणले बक्यौता नबुझाएको भन्दै घोराही सिमेन्टको कात्तिक ४ गते र सोनापुर सिमेन्टको कात्तिक ८ गते लाइन काटेको थियो ।

विद्युत प्राधीकरण कुन समयमा कुन उद्योगले कति बिजुली खपत गरेको हहो प्रमाण दिन सकिरहेको छैन भने बक्यौताको भरपर्दौ प्रमाण पाएमा आफुहरू रकम तिर्न राजी भएको उद्योगीहरू बताउँछन । आठ दिनदेखि उद्योग सञ्चालन नहुँदा आफूहरू घर बस्न बाध्य भएको र यस्तै अबस्था लम्बिए रोजगारी नै गुम्ने अवस्था आउने आशंका मजदुरहरूको छ । साँढेको जुँधाइमा बाच्छाको मिचाइ भनेझैं विद्युत प्राधिकरण र उद्योगी बिचमा भएको जुहारीमा मजदुर परेका छन् ।

मुजदुरहरूले यस्को निकासको बाटो विद्युत प्राविधकरणले उद्योगले प्रयोग गरेको विद्युतको प्रमाण दिने र उद्योगले महसुल तिर्ने हुन सक्ने बताएका छन् । दाङमा रहेका सिमेन्ट उद्योगहरू मध्ये सोना र घोराही बन्द हुँदा प्रत्यक्ष रूपमा कार्यरत ११ सय भन्दा बढी मजदुर कामविहिन भएका छन् भने । उद्योगसँग सम्बन्धित ३ सय टिपर व्यवसायी त्यहाँ कार्यरत चालक सहचालक पनि कामविहीन बनेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.