विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको हो । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भौतिक संरचना र सवारी साधनमा ठूलो क्षति भएकोले पुनःनिर्माण र खरिद गर्नुपर्ने भएकाले कटौतीको निर्णय गरिएको सरकारका प्रवक्ता रेवती रमण भण्डारीले जानकारी दिनुभयो ।