एनआरएनएका अध्यक्ष भन्छन्– दुई दिनभित्र एनआरएनए एकताबद्ध हुन्छ

आश्विन २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
एनआरएनएका अध्यक्ष भन्छन्– दुई दिनभित्र एनआरएनए एकताबद्ध हुन्छ

काठमाडौं । गैरआवासीय नेपाली संघ-एनआरएनए एकताबद्ध हुने भएको छ । 

एनआरएनएका अध्यक्ष बद्री केसीले एनआरएनए विभाजित नभइ एकताबद्ध भएर अघि बढ्ने सहमति भएको बताउनुभयो । एनआरएनए स्थापनाको २२औं वार्षिकोत्सवका अवसरका काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष केसीले तीन महिनाभित्र विशेष अधिवेशन गर्ने गरी सबै पक्षसँग सकारात्मक छलफल भएको जानकारी दिनुभयो । 

उहाँले असन्तुष्ट पक्षले अदालतमा दिएका मुद्दा फिर्ता गर्ने र एक-दुई दिनभित्रै परराष्ट्र मन्त्रालयका प्रतिनिधिको रोहवरमा एकता घोषणा गरिने दाबी गर्नुभयो । २०८० साल कात्तिकमा भएको एनआरएनएको निर्वाचनबाट अध्यक्षमा केसी निर्वाचित हुनुभएको थियो । 

प्रतिस्पर्धीहरू आरके शर्मा र महेश श्रेष्ठको समूहले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाउँदै अलग समूह गठन गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.