अविरल वर्षाका कारण बाराको तीन सय विघा क्षेत्रफलको धानबाली डुबानमा

आश्विन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
अविरल वर्षाका कारण बाराको तीन सय विघा क्षेत्रफलको धानबाली डुबानमा

काठमाडौं । शुक्रबार रातिदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण बाराको विभिन्न क्षेत्रमा करिब तीन सय विघा क्षेत्रफलको धानबाली डुबानमा परेको छ ।

कृषि ज्ञान केन्द्र बाराका अनुसार पानीको उचित निकास नहुँदा सिम्रौनगढ नगरपालिका, प्रसौनी गाउँपालिका र फेटा गाउँपालिका क्षेत्रमा धानबाली डुबानमा परेको हो । लगातारको वर्षाले खेतका बालीहरूमा पानी जम्दा किसानहरू चिन्तित भएका छन् । 

पानी छिट्टै नघट्ने हो भने धानबालीमा ठूलो क्षति हुने कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले बताउनु भएको छ । स्थानीय किसानहरूले पनि खेतमा लामो समयदेखि पानी जम्दा बालीनाली सड्ने र उत्पादनमा असर पर्ने चिन्ता व्यक्त गरेका छन् । 

हाल सम्बन्धित निकायले डुबान क्षेत्रको विवरण संकलन गरी क्षतिको मूल्याङ्कन कार्य सुरू गरेको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.