काठमाडौं । उद्यमी व्यवसायीहरूले निर्वाध रूपमा काम गर्न पाउने वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।
उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूले साेमबार अर्थमन्त्री रामेश्वर खनाललाई भेटी सुरक्षा सुनिश्चितताको माग गरेका हुन् ।
जेन-जी आन्दोलनका क्रममा लुटपाट तथा आगजनीमा संलग्नमाथि कारबाही हुन नसके निजी क्षेत्र थप निरुत्साहित हुने भन्दै उद्योगीहरूले कानुनी कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । सो अवसरमा मन्त्री खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताउनु भएको थियो ।
सरकारले पुनर्निर्माण लागि राजस्व छुट, बैकिङ सहुलियत र विमामा सहजीकरण कार्यक्रम सार्वजनिक गरेको भन्दै उहाँले निजी क्षेत्रसाग हातेमालो गर्न सरकार तयार रहेको जानकारी दिनुभयो । जेन-जी आन्दोलनका क्रममा ८० अर्ब भन्दा धेरैको क्षति भएको निजी क्षेत्रले आकलन गरेको छ ।
क्षतिको एकिन विवरणको अध्याविधक गर्न काम भइरहेको महासंघले जनाएको छ ।