काठमाडौं । जेन-जी आन्दोलनका क्रममा भएका घटना छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूलाई दिइएको समयभित्रै सरकारलाई प्रतिवेदन बुझाउने बताउनुभएको छ ।
कान्तिपुर समाचारसँग कुरा गर्दै आयोगका अध्यक्ष कार्कीले आन्दोलनका क्रममा सरकारी तर्फबाट भएको दमनका विषयमा पनि छानबिन गरिने स्पष्ट पार्नुभयो । उहाँले फौजदारी कानुन आकर्षित हुने घटनाको छानबिन नियमित प्रक्रियाबाट गर्न अवरोध नपुग्ने पनि बताउनुभयो ।
अध्यक्ष कार्कीले जेन-जी आन्दोलन अघि र आन्दोलनका क्रममा आफूले सामाजिक सञ्जालमा राखेको विचारलाई गलत अर्थमा ब्याख्या गरेर विवादमा पार्न खोजिएको प्रतिक्रियासमेत दिनुभयो ।