पाल्पा । पाल्पाबाट दशैं अवधिमा झन्डै १२ करोड बराबरको खसीबोकाको कारोबार भएको छ ।
दशैंका लागि पाल्पाका २१ स्थानका सहकारीबाट झन्डै ९ करोड ९५ हजार बराबरको खसीबोका निर्यात भएको छ । सहकारीबाहेक जिल्लाभित्र र फुटकर व्यापारीले थप ३ करोड बराबरको खसीबोका बाहिर निकासी गर्छन् ।
पछिल्लो ६ वर्षयता पाल्पामा महिला सहभागितामा खुलेका सहकारीमार्फत् बाख्रापालन व्यवसाय वृद्धि भएसँगै खसीबोका निर्यात बढेको छ । यसैगरी दशैंका लागि सल्यानबाट ४ करोड बराबरको खसी बोका निकासी भएका छन् ।
भदौ महिनादेखि असोज १२ गतेसम्म ४ करोड ५० लाख मुल्य बराबरको २२ सय खसी बोका निकासी भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जानकारी दिएको छ ।