काठमाडौं । अर्थ मन्त्रालयले शक्रबारदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरू गरेको छ ।
अर्थमन्त्री रामेश्वर खनालले शुक्रबार मन्त्रालयमा कागजी प्रक्रियामात्र नभई डिजिटल स्वीकृति प्रक्रियाको सुरूवात गर्नुभयो । सरकारी निकायबाट सम्पादन हुने कामलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रूपमा सम्पादन गरी कागजरहित बनाउन यो प्रणाली सुरू गरिएको हो ।
अब तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन लगायतका काममा अनिवार्य विद्युतीय हस्ताक्षरको प्रयोग गर्नुपर्नेछ ।
एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनबाट निर्णय प्रक्रिया छिटो, खर्च मितव्यी, कार्यप्रक्रियामा पारदर्शी र जवाफदेही हुने मन्त्रालयको दाबी छ ।